काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । यहीँ साउन १८ देखि २० गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।
लगातार परिरहेको वर्षाका कारण सवारी साधनमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ । समयमै ध्यान दिइएन भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर सुजुकीले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिदै विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ ।
यस क्याम्प मार्फत ग्राहकलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भन्ने सल्लाह पनि उपलब्ध गराइनेछ । कम्पनीले सबै सुजुकी ग्राहकलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्ने बताइएको छ । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाइनेछ ।
एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट हुनेछ भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट उपलब्ध छ । सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
Comments are closed.