नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनायो ११ औं स्थापना दिवस

कोरोनाका कारण स्वास्थ्यकर्मी नै समस्यामा

 

पोखरा ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले ११ औं स्थापना दिवस मनाएको छ । युनियनका केन्द्रिय कमिटी, प्रदेश कमिटी र प्रतिष्ठानस्तरका कमिटीले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरि ११ औं स्थापना दिवस मनाएका हुन् ।

jutta mela

स्थापना दिवसको अबसरमा केन्द्रिय अध्यक्ष चन्द्र थापाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण सदस्य, चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति शुभकामना ब्यक्त गरे उनले जारी गरेको शुभकामना सन्देशमा यूनियनको स्थापना र विकासमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरू प्रति सम्मान ब्यक्त गरिएको छ ।

थापाले जारी गरेको सन्देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सिंगो विश्व नै आक्रान्त बनेको र यसले मानव सभ्यतालाई रोग, मृत्यु, बेरोजगारी र मानवीय तथा आर्थिक संकटको दलदलमा पुर्याईदिएको भन्दै नेपालमा पनि यसबाट संक्रमित हुनेहरूको संख्या बढिरहेको र यस अवधीमा कोरोना भाईरस संक्रमणका कारण जीवन गुमाएकाहरू प्रति श्रद्धाञ्जली र उपचारतहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सन्देशमा वर्तमान जटिल अवस्थामा अग्रपंक्तीमा रहेर मानिसको जीवन रक्षाका लागि दिनरात खटीरहेका चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उच्च जोखिममा रहेको र स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नै कोरोना संक्रमित भएको घटनाले आफुहरुलाई थप चिन्तित र दुखित बनाएको उल्लेख गरिएको छ ।

यसैबिच, युनियनले आफ्नो स्थापना दिवसको अबसर पारेर देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरुमा बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता अध्ययन गर्न सर्वेक्षण गरेको छ । प्रदेश नम्वर १ का १८, प्रदेश नम्वर २ का २, बाग्मती प्रदेशका ४८ , गण्डकी प्रदेशका १६ , प्रदेश ५ का २७ , कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ गरि देशभरका १ सय १५ वटा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुले नियमित पारिश्रमिक पाए वा नपाएको, ब्यक्तिगत सुरक्षा समाग्री पाए नपाएको , सामाजिक सुरक्षा कोषमा सुचिकरणको अवस्था लगाएतका बिषयमा सर्वेक्षण गरेको हो ।यो सर्वेक्षणको रिपोर्ट भने निराशाजनक रहेको अध्यक्ष थापाले जनाए ।

अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ । ३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपलब्ध गराएको देखिएको छ ।

यस्तै ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको देखिएको छ । बैशाख महिनाको जम्मा १५ प्रतिशतले पुरा पारिश्रमिक दिएको ६९ प्रतिशतले बिदा कटौती गरेको र १६ प्रतिशतले पारिश्रमिक नै नदिएको पाईएको छ । अझ सामाजिक सुरक्षा कोषको हकमा निजि स्वास्थ्य संस्था उदासिन देखिएको छ । ९५ प्रतिशत निजि स्वास्थ्य संस्था हाल सम्म पनि सामाजिक सुरक्षा कोषमा सुचिकृत नभएको देखिएको हो ।

कतिपय निजी अस्पतालहरुमा ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा विगत फागुन महिना देखि कै पारिश्रमिक नपाएको, कतिपय निजि स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरुको दैनिक जीवन यापन झन झन कष्टकर हुदै गएको, घरभाडा र अत्यावश्यक दैनिक उपभोज्ञ सामाग्रीको जोहो गर्न पनि नसक्ने अवस्था बनेको सर्बेक्षणले देखाएको छ ।

अस्पताल सञ्चालकहरूबाट नेपाल सरकारको निर्णयको यसरी संकटपूर्ण अवस्थामा समेत खुल्ला उल्लघन हुनु निन्दनीय रहेको भन्दै अध्यक्ष थापाले कर्मचारीहरूका जीवनयापन प्रति पूर्णरूपमा गैहृ जिम्मेवार बनेका निजि क्षेत्रका अस्पताल सञ्चालकहरूको मनोमानीले मर्यादाको सीमापार गर्न थालेको बताए । लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन अध्यक्ष थापाले अनुरोध समेत गरेका छन् ।

You might also like

Comments are closed.