रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण उडान सफल

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलता पुर्वक सम्पन भएको छ ।

आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर-४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः ०० अवतरण भएको थियो । यस अघि पनि २०७५ जेष्ठ २५ गते तारा एअरले नै टेष्ट फ्लाइट गरेको थियो ।

उक्त वायुयानलाई तारा एअरका बरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले उडान भरेकाे तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व,रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहेका थिए ।

उडानबाट आएका सबैलाई रेसुङा नगरपालिका का मेयर लगायतका पदाधिकारीहरुले फुलको माला सहित स्वागत गरिएको थियो ।प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने छ ।

नियमित उडानका लागि भने कम्तिमा २ देखी ३ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।

यद्पी दुर्गम उडान नियमित गर्न परेको समस्या रहको छ ।   दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा सँंधै यी क्षेत्रका उडानहरु अनियमित हुने गरेका छन । हवाई इन्धन अत्याधिक महंगो हुनु, दुई तर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्कनु पर्ने अवस्था तथा राज्यको तर्फबाट कुनैपनी किसिमको सहुलियत नहुँदा यी क्षेत्रका उडान महँगो पर्न गएकोले यात्रु तथा वायुसेवा दुबैलाई आर्थिक भार पर्न गएको छ ।

दुर्गम क्षेत्रमा बनेका कतिपय बिमानस्थलहरु पनि पूर्णरुपले भौतिक पुर्वाधार युक्त छैनन, ती बिमानस्थलमा हुनुपर्ने आवश्यक नेभिगेसन उपकरण, यात्रु टर्मिनल भवन तथा तारबार नहुँदा सुरक्षा जोखिम बढेको छ भने बिमानस्थल तथा इनरुटको मौसमको जानकारी दिने आधुनिक उपकरण नहुँदा उडानकालागि प्रयाप्त जानकारीको अभावमा जोखिमपूर्ण उडान गर्नुपर्ने अवस्था रहेको छ । राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाउने हो भने यो क्षेत्रको उडान सदाकोलागी बन्द हुने अवस्था रहन्छ ।

You might also like

Comments are closed.