टारोको वाइक अब ८० हजार कम मूल्यमा

काठमाडौं । टारो वाइकको नेपालका लागी आधिकारीक वितरक ओम मोटोकर्प प्रा.लि.ले नेपाली बजारमा उपलब्ध २ मोडलका वाइकको मूल्य घटाएको छ ।

टारोका दुई मोडल GP 2 200 र  GP 1 250 को मूल्य घटाइएको हो । GP 2 200 को मूल्य रु.५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजार रुपैंया कायम गरिएको छ । यसमा ८० हजार रुपैंया मूल्य कम गरिएको हो ।

त्यसैगरी GP 1 250 को मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम गरिएको छ । यी वाइकमा क्रमश ८० हजार र ७० हजार रुपैंया मूल्य कम गरिएको बताइएको छ ।

jutta mela

सरकारले हालै सार्वजनिक गरेको बजेट मार्फत २०० सी.सी भन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण टारोले पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

इटालियन डिजाइनमा निर्मित टारोका वाइकहरु युवावर्गहरुले अत्याधिक मन पराएको Sports segment अन्तर्गतका वाइकहरु हुन् । नेपाल भित्रिएको यस ब्राण्डका वाइकसँगै १५० सी.सी का अन्य दुई स्कुटरका मोडलहरु पनि उपलब्ध छन् । Imola 150 / T9 150 EFI हाल नेपाली ग्राहकले कार्यक्षमता र डिजाइन दुवै पाटोमा मन पराइएका यस ब्राण्डका प्रचलित स्कुटरहरु हुन् । एक्सचेन्ज तथा फाइनान्स दुवैको सुविधा सहित उपलब्ध टारोका वाइक तथा स्कुटर भविष्यमा अझ वढी परिमार्जित हुँदै ल्याइने र अझ वढी सेवा र सुविधाका साथ नेपाली बजारमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

हाल उपत्यकाभित्र कम्पनीको घक् सुविधाको साथ नक्साल, टेकु र धोबिघाट शोरुमबाट टारोको वाइक खरीद गर्न सकिनेछ भने उपत्यका बाहिर इटहरी, हेटौंडा र पोखरामा वाइक 3S सुविधाको साथमा उपलब्ध रहेको छ ।

 

You might also like

Comments are closed.