पोखरा । टाटाका नयाँ मोडलका पाँच वटै गाडी गण्डकी प्रदेशको राजधानी पोखरामा सार्वजनिक भएको छ । टाटाको लागि पोखरा क्षेत्रको बिक्रेता दीप मोटर्स बुद्धचोक पोखराले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो । सिप्रदीका जनरल म्यानेजर प्रभाकर मुनाकर्मी, सिप्रदी अस्ह्युर्ड प्रा.लि.का डिजिएम ध्रुव रेग्मी, दीप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोला, दीप मोटर्सका निर्देशक राजेन्द्र बाटाजुले शुक्रबार नयाँ गाडी सार्वजनिक गरेका हुन् ।
शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा यी गाडीहरु निर्मित छन् । विश्वसनीय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेका छन् । यी गाडीहरु बि एस सिक्स प्रविधियुक्त छन् ।
बदलिदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको दिप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोलाले बताए । यी गाडीहरुको मूल्य २८ लाख रुपैयाँदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले काठमाडौंमा बुधबार यी गाडीहरु सार्वजनिक गरिसकेको छ ।
नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगायत ६ वटा रङ्गहरुमा उपलब्ध छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ पनि प्राप्त गर्न सफल भएकोे छ ।
नयाँ टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।
नयाँ नेक्सन
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङहरुमा उपलब्ध छ ।
नयाँ अलट्रोज
१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध छ ।
नयाँ एच फाइभ
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाइभ शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाइभ विभिन्न आकर्षक रङहरुमा उपलब्ध छ ।




Comments are closed.