सिप्रदी ट्रेडिङले सुरु गर्यो ‘टाटा ईभी अटो कार्निभल’, माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट साउन २५ गतेसम्म ‘टाटा ईभी अटो कार्निभल’ आयोजना गरेको छ ।

टाटा मोटर्सका विद्युतीय गाडीप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपालभरिको शोरुममा ‘टाटा ईभी अटो कार्निभल’ आयोजना गरिएको हो । कार्निभलमा ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तैः टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रम अन्तर्गत ग्राहकले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्ने सुबिधा रहेको छ । यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।

यो विशेष अफर साउन २३ देखि २५ (८ देखि १० अगस्ट) गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न सिप्रदी ट्रेडिङले आग्रह गरेको छ ।

You might also like

Comments are closed.