काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको छ ।
सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्टले थप सेवा तथा सुविधाहरु ल्याएको हो । मंगलबार विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्री पछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । साथै उनले ग्राहकहरुको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्राहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताए ।
त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्न अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्द्धनमा पनि सहयोग मिलेको बताए ।
टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधाहरुको लाभ लिने कुरामा विश्वस्त रहेको पनि बताए । टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् । उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए.एम.सी सेवा रहेका छन्, जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ ।
एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पीअन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ, जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ ।
टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ । साथमा नगद रहित बीमा दावी सुविधाहरु पनि रहेको छ । टाटा अलर्टअन्तर्गत कम्पनीले तोकेका हाईवे कोरिडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गरेको छ ।
Comments are closed.