कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व संकलन भएको बताए ।
उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ ।
त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख रुपैयाँ र विभाज्य करअन्तर्गत सात करोड ५० लाख रुपैयाँ संकलन भएको छ ।
नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब चार करोड रुपैयाँ रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड रुपैयाँ पु¥याइएको थियो ।
Comments are closed.