गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनरमा टेली डिजिटल सर्भिसेस

काठमाडौं । टेली डिजिटल सर्भिसेस, रमेश कर्पको अन्तर्गतको कम्पनीले गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा पार्टनर स्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’ को रूपमा सामेल भएको घोषणा गरेको छ ।

सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको यस कम्पनीले गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै स्थानीय भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरी र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराउनेछ ।

सहकार्यको सुरुवातदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको छ । टेली डिजिटलले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधान प्रदान गर्दै एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल्स उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिष्पर्धी बनाउँदै आएका छन् ।

परम्परागत इमेल प्रणालीका सीमाहरू हटाउँदै नेपाली व्यवसायको डिजिटल सहकार्यप्रतिको दृष्टिकोण रूपान्तरणमा लागेको टेली डिजिटल सर्भिसेसका सिईओ नवाँकुर सुदले बताए । टेली डिजिटल सर्भिसेसका मार्केटिङ प्रमुख निखिल खेराडीले हालसम्म हामीले सफलतापूर्वक सेवा दिएका ५० भन्दा बढी व्यवसायले परम्परागत प्रणालीको तुलनामा जीमेल–आधारित गुगल वर्कस्पेसको मूल्य प्रमाणित गरेको जनाए ।

टेली डिजिटल सर्भिसेसको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर रहेका व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउनेछ । गुगल वर्कस्पेसले इमेल, डकुमेन्ट सिर्जना र सहकार्य टुल्सलाई एउटै प्लेटफर्ममा उपलब्ध गराई, जीमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमा आधारित उत्कृष्ट विकल्प प्रदान गर्दछ ।

You might also like

Comments are closed.