पर्यटकिय वस्तु, वा सुविधा, विकास र प्रवर्द्धनमा महिलाको भूमिकाबारे छलफल

पोखरा । ‘पर्यटकिय वस्तु वा सुविधा, विकास र प्रवर्द्धनमा महिलाको भूमिका’ विषयक कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पर्यटन व्यवसायी महिला संघ (टेवान) नेपालको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पर्यटन व्यवसायी महिलाहरूको सहभागिता रहेको थियो ।

टेवानका अधयक्ष रेनू थापाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशका सचिव ज्ञानेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए ।

पर्यटन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रमको सहजिकरण टुरिजम एक्सपर्ट समिर बरालले गरेका थिए । संस्थाका सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी टिकाराम सापकोटाले कार्यक्रममा उठान भएका विषयहरुको टिपोट गरेका थिए ।

jutta mela

कार्यक्रममा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, संस्थापक अध्यक्ष लक्की कार्कीलगायत पर्यटन व्यावसायी संस्थाका अध्यक्षहरुको सहभागिता रहेको पर्यटन व्यवसायी महिला संघ टेवान नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमला गिरीले जानकारी दिइन् ।

You might also like

Comments are closed.