पोखरामा आयोजित तीज सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा आयोजित तीज सांस्कृतिक महोत्सव २०८१ तथा सांस्कृतिक तीज गित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमका मुख्य आकर्षणमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक तथा तीज गीत प्रतियोगिता, विभिन्न भाषाको सांस्कृतिक प्रस्तुतीका साथै स्थानीय उत्पादन प्रवर्द्धन, रस्साकस्सी प्रतियोगिता तथा साडी दौड प्रतियोगिता, प्यानल डिस्कसन (टक शो), तिजको मर्म र नारी शक्ति बहस कार्यक्रम, पर्यटन तथा संस्कृति, महिला सशक्तीकरण (टक शो), हस्तकला एवं चित्रकला प्रदर्शनी, धार्मिक एवं पर्यटन स्थल प्रवर्द्धन लगायतका कार्यक्रम हुने अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

पर्यटन प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि कार्यक्रमले सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.