टेक्सास कलेज र होटल पबेराबीच सम्झौता

काठमाडौं । काठमाडौं । टेक्सास कलेज एण्ड म्यानेजमेन्टको बिएमएम डिपार्टमेन्टले काठमाडौंको बुढानिलकण्ठमा रहेको होटल पबेरासँग सहकार्यको सम्झौता गरेको छ ।

कलेजका सिइओ तथा प्रिन्सिपल भेषराज पोखरेल, भाइस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ, बिएचएमका डिपार्टमेन्टका प्रमुख राजेन्द्र तिमिल्सिना, होटलका प्रतिनिधी लगायतको सहभागितामा सम्झौता गरिएको हो ।  सम्झौता अनुशार कलेजक विद्यार्थीले होटलमा इन्टर्नसिप तथा कामको अवसर प्राप्त गर्नेछन ।

सन् २०२० मा स्थापना भएको यस होटललले २०२१ बाट ग्राहकलाई सेवा प्रवाह गर्दै आइरहेको छ । होटल पवेरालाई बुटिक होटलहरुमध्यमा पहिलो फोर स्टार होटलको रुपमा मुल्याङ्कन गरिएको छ ।

You might also like

Comments are closed.