टेक्सास कलेजमा ‘टेक्सास आईटी एक्जिबिट – भोल्युम १’ कार्यक्रम सम्पन्न

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेज काठमाडौं चाबहिलले ‘टेक्सास आईटी एक्जिबिट – भाेल्युम १ ’ कार्यक्रम गरेको छ । शुक्रबार टेक्सास नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा रहेका थिए ।

महामन्त्री थापाले विद्यार्थीले तयार पारेका उत्कृष्ट परियोजनाको प्रशंसा गर्दै यो स्तरलाई कायम राख्दै अगाडि बढ्न अनुरोध गरे । सो परियोजना बंगलादेशमा हुने सम्मेलनमा पीएचडी छात्रवृत्तिद्वारा प्रस्तुत हुने स्तरको भएको उल्लेख गर्दै महामन्त्री थापाले थप शैक्षिक सफलताको कामना गरेका छन् ।

काठमाडौंमा रहेको यस टेक्सास इन्टरनेशनल कलेज पछिल्ला वर्षमा पढेर भविष्यमा नयाँ केही गर्छु भन्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको उनी बताउँछन् । “यो कलेजले कोर्ष अवधी पढाएर सक्ने मात्र कार्य होइन, कलेजको पढाइ सकेपछि पनि एउटा उत्कृष्ट विद्यार्थी उत्पादन गरेको छ” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर शैक्षिक क्षेत्रमा एउटा बेग्लै कलेजको पहिचान बनाएको छ” ।

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष बिमल होडाले टेक्सास कलेज र यहाँका विद्यार्थीले पछिल्ला वर्षमा गरेका प्रगतिको चर्चा गर्दै शैक्षिक सफलताको शुभकामना दिएका छन् । वडा नं ८ का वडाध्यक्ष अस्मान संगतले विद्यार्थीको ऊर्जा र प्रतिभा राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कलेज व्यवस्थापनलाई अझ प्रेरणादायी वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

कलेजका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथिलाई कलेजका म्यानेजिङ डाइरेक्टर जितेन्द्र कुमार बाखुले फूलको गुच्छा अर्पण सहित स्वागत गरेका हुन् । यस प्रदर्शनीमा करिब ५ हजार विद्यार्थी तथा दर्शकले अवलोकन गरेको बताइएको छ ।

Project List:
1. Smart GreenHouse Monitoring System
2. SweepBotX (floor cleaning bot)
3. Smart Home Appliances
4. Fire Fighter Bot
5. Stair Climbing Robot
6. Parking System
7. Smart Car
8. Gesture Control Car
9. Blind Stick
10. Edge Detection Bot
11. Automatic fish food dispenser
12. Arduino Shave
13. Humanoid Robot
14. Bell Scheduler
15. RC Plane
16. Office Room Monitoring
17. Weather Station
18. Tunnel Light
19. Memory Game
20. Metal Detector
21. Noise Detection
22. RC Car
23. Drone
24. Delivery Bot
25. Advanced Door Lock System
26 Tetrix Car
27. Keypad Door lock sysyem
28. Conveyer Belt
29. Line following Robot
30 Smart traffic light system

You might also like

Comments are closed.