काठमाडौं । काठमाडौंको मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ आयोजना गर्ने भएको छ । यही मंसिर २४, २५ र २६ गते (डिसेम्बर ९, १० र ११) एक्जिबिसन हुने कलेजले जनाएको छ ।
नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताका लागि एक्जिबिसन महत्वपूर्ण उत्सव बन्ने विश्वास गरिएको छ । कलेजका विद्यार्थीले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू प्रदर्शनीमा राखिने कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
एक्जिबिसनमा मुख्य आकर्षणमा IoT र रोबोटिक्सतर्फका ३८ वटा परियोजनाहरू रहनेछन् । जसमध्ये केही चर्चित परियोजनाहरूमा Smart Door Lock Security System, Motion Controlled Smart Wheelchair, First Aid Drone, Eco–Smart Bus Stop, Automated Gas Risk Detection and Response Unit, Smart Green House, Fire Fighting Bot, Self–Balancing Robot, Water Pollution Detecting Bot, Air Quality Monitoring System, Hand Gesture Controlled Car, Smart Weather Intelligent Forecasting Technology, Mini IOT Air Defense System, Humanoid Robot लगायत रहनेछन् ।
यसबाहेक साइबर सेक्युरिटी क्षेत्रमा ‘Moded App for Spyware’ र ‘Phishing AttackM Credentials Harvesting’ जस्ता डेमो परियोजनाहरू, सफ्टवेयरतर्फ ‘Learn–ZM Modern Learning Application’ र ‘Canteen Management System’, तथा गेमिङतर्फ ‘Dodge Ball’ र ‘Fruits Collect’ जस्ता परियोजनाहरू पनि प्रदर्शनीमा रहनेछन् ।
एक्जिबिसन केवल परियोजना प्रदर्शनी मात्र नभइ विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई वास्तविक समस्यासँग जोडेर बनाएका समाधानहरूको ठूलो प्लेटफर्म पनि रहेको कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेल बताउँछन् । ‘यहाँ वातावरणीय समस्या, स्वास्थ्य, सुरक्षा, दिगो विकास र डिजिटल साक्षरतासम्मका स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत हुनेछन्,’ उनले भने, ‘सूचना प्रविधिको क्षेत्रमा रुचि राख्ने र केही गर्न चाहने विद्यार्थीलाई प्रोत्साहित गर्नका लागि एक्स्पोको आयोजना गर्न लागिएको हो ।’
विद्यार्थीले क्त्भ्ः (Science, Technology, Engineering & Mathematics) क्षेत्रमा देखाएको रचनात्मकता र नवीन सोचलाई प्रोत्साहन गर्ने एक्जिबिसन आयोजना गरिएको कलेज प्रमुख श्याम सुन्दर श्रेष्ठले बताए ।
‘यो कार्यक्रमले भावी पुस्तामा प्रविधिप्रति रुचि जगाउन र उनीहरूलाई समस्या समाधानको क्षमता विकास गर्न ठूलो भूमिका खेल्नेछ,’ कलेज प्रमुख श्याम सुन्दर श्रेष्ठ भन्छन्, ‘उक्त प्रदर्शनीले विद्यार्थीका उत्कृष्ट तथा नवीन परियोजनाहरूलाई प्रकाश पार्दै विज्ञान तथा आइटीको क्षेत्रमा रुचि जगाउने काम गर्नेछ ।’
नेपालको शिक्षा क्षेत्र विश्वव्यापी प्राविधिक परिवर्तनसँगै अगाडि बढिरहेका बेला टेक्सास इन्टरनेसनल कलेजजस्ता संस्थाद्वारा आयोजित यस्ता कार्यक्रमले भावी नवप्रवर्तकहरूका लागि महत्वपूर्ण उत्प्रेरकको रुपमा काम गर्ने कलेज प्रमुख श्रेष्ठले बताए ।
टेक्सास इन्टरनेशनल कलेजले रचनात्मकता, नवीनता र नयाँ कुरा सिकाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र सोही क्रमलाई निरन्तरता दिँदै कलेजले ‘टेक्सस साइन्स एण्ड आइटि एक्जिबिसन– २०८२’ आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमा वातावरण विज्ञानदेखि कोडिङ सिमुलेसनसम्मका अन्तरक्रियात्मक स्टलहरू राखिनेछन् । विद्यार्थीले दिगो ऊर्जा र डिजिटल साक्षरता जस्ता स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत गर्नेछन । एक्स्पोमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ खोज अनुसन्धानको विषयमासमेत जानकारी गराइने छ । एक्स्पोमा विभिन्न रोमाञ्चक खेलहरू समेत संलग्न हुनेछन् । एक्स्पोमा विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छन् ।
तीन दिन चल्ने उक्त कार्यक्रममा करिब १५० विद्यालय तथा कलेजका १५ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्जिबिसन सर्वसाधारणका लागि पनि निःशुल्क तथा खुला रहनेछ ।




Comments are closed.