थ्याङ्क्यु होस्टेल एण्ड डे केयरले खुलायो होस्टेलका लागि भर्ना

काठमाडौं ।थ्याङ्क्यु होस्टेल एण्ड डे केयर प्रालिले आधुनिक सुविधासम्पन्न होस्टेल संचालनमा ल्याएको छ ।

काठमाडौंको बुढानिलकण्ठ १० कपनमा २५ देखि ३० जनाको सिट क्षमता रहेको होस्टेल संचालनमा ल्याएको हो । साथै उक्त होस्टेलमा बस्न चाँहाने विद्यार्थीको लागि भर्ना खुल्ला गरिएको छ ।

आधुनिक सुविधासहित खोलिएको होस्टेलमा बस्ने बच्चाहरुलाई स्कुल पुर्‍याउने देखि ल्याउने र बिहानबेलुका टिय्युसनको व्यवस्था समेत गरिने  होस्टेल संचालक मुकीता जोशीले जानकारी दिइन् । जापानमा रहेका अभिभावकका बच्चाहरुलाई विशेष प्राथमिकताका साथ खोलिएको होस्टेलमा अन्य बच्चाहरु पनि रहन सक्नेछन् ।

jutta mela

थ्याङ्क्यु ट्राभलको सफलतापछि थ्याङ्क्यु होस्टेल लिएर बजारमा आएको अथ्याङ्क्यु ट्राभलकी कार्यकारी निर्देशक श्रेशु आर्चायले बताइन् ।थ्याङ्क्यु ट्राभलाई जस्तै गरी होस्टेललाई पनि माया गरिदिन आर्चायले अनुरोध समेत गरेकी छन् । उनले भनिन्  ”जसरि हजुरहरुले थ्याङ्क्यु ट्राभल माया र साथ दिनुभएको छ होस्टेलाई पनि त्यस्तै साथको आवश्यक रहेको छ ।”

You might also like

Comments are closed.