गण्डकी प्रदेशका मन्त्री थापाद्वारा खर्च विवरण सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेशसभा मामिला मन्त्रालका मन्त्री विन्दु कुमार थापाले आज पत्रकार सम्मेलन गरी  आफू मन्त्री बनेदेखि हालसम्मको खर्च विवरण प्रस्तुत गरेका छन् ।

मन्त्री थापाले पत्रकारसँग कुरा गर्दै २०७४ सालदेखि हालसम्म आफ्नो बैंक खातामा हाल ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी दिएका छन् ।

उक्त रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधाबाट जम्मा भएको बताएका छन् ।मन्त्री थापाले आफू निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ पैसा खर्च गरेको सार्वजनिक गरे ।

jutta mela

राष्ट्रको चौथो अंगको रुपमा पत्रकारहरुको निरन्तर पहरेदारी र खबरदारीलेमात्रै लोकतन्त्रलाई बलियो बनाउन सघाएको बताउदै थापाले आगामी दिनहरुमा समेत देशको समृद्धी र जनताको जीवनस्थत उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रको चौथो अंगको रुपमा यहाँहरुको निरन्तर पहरेदारी र खबरदारीलेमात्रै लोकतन्त्रलाई बलियो बनाउन सघाउने छ । यहाँहरुको रचनात्मक सुझाव र सल्लाहको निरन्तर अपेक्षा गर्दछु र यहाँहरुको सहयोगको हृदयदेखिनै प्रशंसा गर्दछु । आगामी दिनहरुमा समेत देशको समृद्धी र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

You might also like

Comments are closed.