आगामी भदौ तेस्रो साता ८औं ईक्यान शिक्षा मेला आयोजना हुने

पोखरा । ईक्यान कास्की शाखाको आयोजनामा नेपालकै एक प्रमुख शैक्षिक कार्यक्रमका रूपमा स्थापित ८औं ईक्यान शिक्षा मेला हुने भएको छ । आगामी भदौ तेस्रो साता मेला आयोजना हुने आयोजकले जनाएको छ ।

शिक्षा प्रदायक संस्था र सरोकारवालाहरूलाई लक्षित गरी आयोजना हुने यस मेलामा सहभागी भई आफ्ना शैक्षिक कार्यक्रम, सेवा तथा अवसरहरू हजारौं आकांक्षी विद्यार्थीहरूमाझ प्रस्तुत गर्ने दुर्लभ अवसर प्राप्त हुने आयोजकको भनाइ छ ।

ईक्यान कास्कीका अनुसार यो मेला केवल शैक्षिक प्रदर्शनी मात्र नभई संवाद, प्रेरणा र सहकार्यको साझा मंच हो । मेलामा सहभागी संस्थाले आफ्नो लोगो प्रदर्शन गरेर विद्यार्थीहरूको ध्यान आकर्षण गर्नुका साथै एक विश्वसनीय वातावरणमा आफ्नो ब्रान्डको पहिचान विस्तार गर्न सक्नेछन् ।

मेलामा सहभागी भएर संस्थाहरूले नेपाली शैक्षिक बजारमा आफ्नो दृश्यता सुदृढ गर्न, विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्न र व्यवस्थित तथा व्यावसायिक प्लेटफर्ममार्फत आफ्नो पहुँच विस्तार गर्न सक्नेछन् ।

सहभागिता तथा लोगो राख्ने प्रक्रिया सम्बन्धी जानकारीका लागि ईक्यान–कास्की कार्यालयमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । यस मेला शैक्षिक क्षेत्रका सबै सरोकारवालाहरूका लागि एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.