काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड ‘द बढी सप’को फ्रेन्चाइज नेपालमा सुरु भएको छ । युके बेस ब्राण्ड द बडी सपलाई नेपाली बजारमा शशी इन्कर्पोरेसन एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले फ्रेन्चाइज लिएको हो । द बडी सपको पहिलो स्टोर काठमाडौंको दरबारमार्गमा खुलेको छ । स्टोरबाट सेवा सुरु भइसके पनि ग्राण्ड ओपनिङ बाँकी छ ।
संसारभर लोकप्रिय रहेको ब्राण्डलाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रवन्ध निर्देशक सरु अर्याल प्रधानले आर्थिक आवाजलाई जानकारी दिइन् । ‘बडी केयरका लागि आवश्यक सम्पूर्ण प्रडक्ट हामीसँग छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा सुपरिचित ब्राण्ड भएकाले नेपाली बजारमा पनि द बडी सप धेरैको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’
आफ्नो स्किन केयरमा चासो हुने सम्पूर्णलाई लक्षित गरी द बडी सपलाई नेपालमा भित्र्याइएको उनले बताइन् । ‘स्किन केयर तथा सुन्दरतासँग चासो हुनेहरु सबैले यो प्रडक्ट प्रयोग गर्न सक्छन्,’ उनले भनिन्, ‘महिला तथा पुरुष दुवैका लागि आवश्यक सम्पूर्ण प्रडक्ट यहाँ छन् ।’
स्किन केयर, ह्याण्ड केयर, फुट केयर, हेयर केयर लगायत बडी केयरका लागि आवश्यक सम्पूर्ण प्रडक्ट कम्पनीले उत्पादन गर्दै आइरहेको छ । कम्पनीबाट उत्पादित ५ सय भन्दा बढी आइटम स्टोरमा उपलब्ध रहेको प्रधानले बताइन् । ‘राम्रो ब्राण्ड भएकाले नै द बडी सप संसारभर लोकप्रिय बन्न सफल छ,’ प्रधानले भनिन् ।
द बडी सप संसारका ७० भन्दा बढी देशबाट बिक्री हुन्छ । संसारभर ३ हजार भन्दा बढी स्टोर्सहरु खुलिसकेका छन् । अन्तर्राष्ट्रियस्तरमा फ्रेन्चाइज बिस्तार गर्ने ठूलो नेटवर्क भएको कम्पनी मध्यमा पर्न सफल यो कम्पनीले नेपालमा भने पहिलो पटक स्टोर खोल्न सफल भएको हो । दरबारमार्ग स्टोरको ग्राण्ड ओपनिङ पछि काठमाडौंको बौद्ध, पाटन लगायतका ठाउँमा आउटलेट विस्तार गर्ने योजना रहेको प्रधानले बताइन् । ‘राजधानी पछि देशका मुख्य शहरमा पनि आउटलेट विस्तार हुनेछ,’ उनले भनिन् ।
द बडी सपले कम्युनिटीमा आधारित भएर आफ्ना प्रडक्ट उत्पादन गर्दै आइरहेको छ । साइड इफेक्ट नगर्ने अर्गानिक तथा भेगेन प्रडक्ट बजारमा आएकाले पनि द बडी सपले ग्राहकको विश्वास जित्न सफल भएको प्रधान बताउँछिन् ।
Comments are closed.