ललितपुर । द बडी शप नेपालले ललितपुरको पुल्चोकस्थित Labim Mall मा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। नयाँ स्टोरको औपचारिक उद्घाटन बिहीवार हुने बताइएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा नेपालका लागि बेलायती राजदूत रोव फेनको विशेष उपस्थिति रहने बताइएको छ ।
दरवारमार्गमा मा संचालन भइरहेको आफ्नो स्टोरका साथै Labim Mall मा समेत नयाँ स्टोर खोल्ने तयारी गरिरहेको द बडी शप नेपालले देशभर आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै नैतिक सौन्दर्य उत्पादनलाई सर्वसुलभ बनाउने लक्ष्य राखेको छ। व्यापार विस्तारसँगै कम्पनीले महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण तथा दिगो व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य पनि कम्पनीले लिएको छ।
द बडी शप नेपालकी निर्देशक सरु आर्याल प्रधानले भनिन्, “लबिम मलमा नयाँ स्टोर सञ्चालन गर्नु केवल अर्को खुद्रा बिक्री केन्द्र थप्नु मात्र होइन। यो नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो। यो महत्वपूर्ण उपलब्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा मनाउन पाउँदा हामी गौरवान्वित छौं।”
नयाँ स्टोरमार्फत ग्राहकले द बडी शपका अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय स्किनकेयर, बडी केयर, हेयरकेयर, सुगन्ध तथा वेलनेस सम्बन्धी उत्पादनहरू प्राप्त गर्न सक्नेछन्।
सन् १९७६ मा बेलायतमा स्थापना भएको द बडी शप विश्वभर क्रुएल्टी–फ्री सौन्दर्य, कम्युनिटी ट्रेड साझेदारी तथा दिगो व्यवसायिक मूल्यका लागि परिचित ब्रान्डका रूपमा स्थापित छ।







Comments are closed.