काठमाडौं । पछिल्लो समय काभ्रेको बल्थलीमा सञ्चालनमा आएको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ ग्राहकको रोजाईमा पर्न थालेको छ । काठमाडौंबाट करिव ४० किलोमिटरको दुरीमा रहेको रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नेहरुको अहिले बाक्लो उपस्थिती रहेको छ । थुम्की अर्थात् डाँडाको टुप्पोमा रहेको रिसोर्टबाट बेलुकाको समयमा बनेपा, धुलिखेल, नबोबुद्ध, पनौतीलगायत बजारको झिलिमिलीको मज्जा लिन सकिनेछ भने बिहान र दिउँसोको समयमा मनोरम हिमश्रृङ्खला अवलोकन सकिनेछ ।
काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा सञ्चालनमा आएको थुम्की रिसोर्टमा हाल २० लक्जरी रुम सहित आफ्नै कम्पाउण्डमा अर्गानिक खेती गरिएको छ । कुल २० करोड रुपैयाँको लगानीमा निर्मित रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउँदै आएको छ । ‘हामीले विशेषगरी अर्गानिक खानालाई प्राथमिकता दिँदै रिसोर्टभित्रै सोही अनुरुपका तरकारीहरु उत्पादन शुरु गरेका छौं भने स्थानीय स्तरबाटै लोकल कुखुरा, कालिज, खसी, बोका उपलब्ध गराउँदै आएका छौंैं,’ अध्यक्ष न्यौपनोले भने, ‘विशेषगरी रिसोर्टमा आउने पाहुँनाले अर्गानिक खानाका साथै पारिवारिक जमघटको मज्जा लिन सक्नुहुनेछ ।’
रिसोर्टमा सेमिनार, गोष्ठीलगायतका कार्यक्रमा गर्न ७० जना क्षमता भएको सेमिनार हल रहेको छ । आगामी दिनमा आगन्तुकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वीमिङ पुलका साथै स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध गराउने न्यौपानेले जानकारी दिए । ठूलो मात्रामा पार्किङ सुविधा रहेको रिसोर्टको आफ्नै फाम हाउस रहेको छ । बालबालिकालाई आकर्षित गर्न २० रोपनी जग्गामा चिल्ड्रेन पार्क समेत निर्माण गर्ने योजना छ ।
‘हामीले रिसोर्टलाई सन् २०२४ बाट सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘अहिले पारिवारिक जमघट तथा वार्षिक साधारणसभा र सेमिनार गर्न आउने संघसंस्थाको राम्रो उपस्थिती रहेको छ ।’ पछिल्लो समय होटलले उपलब्ध गराएको अर्गानिक खाना र सोही अनुरुपको सेवा सुविधाले गर्दा एक पटक आएका ग्राहक पुनः आउने गरेको समेत उनको भनाइ छ । तत्कालका लागि २० वटा लक्जरी रुमबाट सेवा दिइएको छ । निकट भविष्यमै थप ३० रुम थप्ने समेत उनी बताउँछन् ।
रिसोर्टबाट बेलुकाको सुर्याअस्तका साथै बिहानको सुर्योदयको समेत मज्जा लिन सकिनेछ । हिमालयको दृश्यावलोकन गर्न आगन्तुकलाई उच्च क्षमताको टेलिस्कोप समेत उपलब्ध छ । टेलिस्कोपबाट खगोलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई समेत फाइदा पुग्नेछ । नमोबुद्ध, महाभारत रेञ्जको सबैभन्दा अग्लो स्थान नारायणथान, तिनधारे झर्ना, कामीडाँडा लगायत अन्य गुम्बा र बौद्ध स्तुपाको भ्रमण तथा हाईकिङ गर्न सकिनेछ । विश्वकै अग्लो त्रिशुल रहेको लर्केश्वर धाम र नमोबुद्ध गुम्बामा समेत हाइकिङ गर्न किनेछ ।
रिसोर्ट काभ्रेकै पहिलो अपाङ्गमैत्री समेत रहेको छ । जहाँ कोठामा जान र वरपर घुम्न तथा हलमा कार्यक्रम गर्न सहजै ह्वीलचियरको प्रयोग गर्न सकिनेछ । रिसोर्ट संरक्षित क्षेत्रमा रहेकाले दुर्लभ वन्यजन्तु सालकका साथै जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिजलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेरेर आनन्द लिन सकिनेछ । अपाङमैत्री रिसोर्टलाई वातावरणमैत्री समेत बनाइएको छ । त्यहाबाट निस्कने फोहोर तथा पानीलाई ढलमा नमिसाई आधुनिक प्रविधिबाट रिसाईकल गरी पुनः प्रयोगमा ल्याउने विधी समेत जडान गरिएको छ ।
Comments are closed.