काठमाडौं । थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो इभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ । भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरिएको छ ।
उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो इभी २०२५ मोडल पुरानै सुरुवाती मूल्यमा नेपालमा आएको छ । टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खाँडेलवालले नेपालमा विद्युत्तिय सवारीसाधनको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो इभि प्रस्तुत गर्न उत्प्रेरित गरेको बताएका छन् ।
टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको उनी बताउँछन् । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो इभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युत्तिय ह्याचब्याक बनिरहनेछ ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टियागो इभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युत्तिय ह्याचब्याकको रुपमा स्थापित भइसकेको बताए । यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो । यसको नँया मोडेल २०२५ टियागो इभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ ।
कम्पनिको अनुसार नंया टियागो इभी २०२५ मोडलमा ग्राहकले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् । सुरक्षाको दृष्टिकोणले दुईवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन् । टियागो इभीमा क्ष्ए६७ चबतभम ब्याट्री प्याक समावेश गरिएको छ । जसकारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ ।
साथै कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताले आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलइडी हेडल्याम्प, डिएलआर र आर१४ हाइपरस्टाइल पाङ्ग्राले सुसज्जित छ, जसको कारण गाडी स्पोर्टी र अत्याधुनिक देखिन्छ ।
Comments are closed.