टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को तयारी पूरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो । आयोजकले शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै भेटघाटमार्फत तयारी पुरा भएको जनाएको छ ।

सो अवसरमा तयारीबारे जानकारी दिँदै संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले भोलि माघ ८ गते दिउँसो १ बजे एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । प्रतियोगिताको पहिलो दिन तिन खेल हुने आयोजकले जानकारी दिएको छ ।

माघ ८ गते हुने पहिलो खेल बिहान १० बजे सुरु हुनेछ । पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् भने मध्यान्ह १२ बजे पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका बिच हुनेछ ।

त्यसैगरी दिउँसो २ः३० बजे आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बिच उद्घाट खेल हुनेछ । प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्नेगरी यसपटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको बताउँदै अध्यक्ष शर्माले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन एलइडी स्क्रिन राखिएको अध्यक्ष बताए ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए । “केही खेलाडी घाइते भएको र कोही विरामी भएको कारण देखाउँदै नेपाल पुलिस महिला टिम अन्तिम समयमा नआउने घोषणा ग¥यो”, उनले भने ।

You might also like

Comments are closed.