टाइगर कप भलिबल : आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लवले पुरुषतर्फ खेल जितेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा विभागिय टोलीहरुको वर्चश्व रहेको हो । नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंकालाई ३-० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ३-१को सेटमा पाखा लगाएको हो ।

जारी प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंका विरुद्ध पहिलो सेट २५-२० दोश्रो सेट २५-१६ र तेश्रो सेट २५-१० ले जित्यो । जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित समेत हो । उसले ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।

jutta mela

त्यसै गरी पुरुषतर्फ नै आज भएको अर्को एक खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै ३ अंक प्राप्त गरेको छ । जारी लिगमा एपिएफको यो दोश्रो जित हो ।

एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ ।पुलिस विरुद्धको खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोश्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो । तेश्रो सेट २५-२१ र चौथो सेट २५-१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।

यसैगरी जारी प्रतियोगितामा महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५-११ ले जितेको एपिएफले दोश्रो सेट २५-१९ र तेश्रो सेट २५-१६ ले जित्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ ।

भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लव र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ । त्यसैगरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफका बीच हुनेछ ।

यसैगरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ ।

महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई  ५-५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्नेछन् ।त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद रु २५-२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०-१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

 

 

You might also like

Comments are closed.