टाइगर कपको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा सम्पन्न टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ। घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको थियो ।

दोस्रो सेटमा गण्डकीले २५–१८ ले जित निकाल्यो । तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जित्यो । निकै प्रतिस्पर्धात्मक चौथो सेट एपीएफले २८–२६ ले जित्यो ।

jutta mela

खेलको अन्तिम सेट गण्डकीले १५–८ को फराकिलो अन्तरले जित निकालेसँगै तेस्रो संस्करणको टाइगर कपको उपाधि जित्न सफल रह्यो । योसँगै गण्डकी टाइगर कपको दोस्रो पटक विजेता बनेको छ। प्रतियोगिताका विजेता महिला तथा पुरुष दुवै टिमले समान ५र५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँमा प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.