दराज बिक्रेताका लागि टिगको नयाँ फिचर, एक क्लिकमै अर्डर लिनेदेखि इनभ्वाइस तयार सम्मको सुविधा

काठमाडौं । दराजका बिक्रेताले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो ।

म्यानुअल रूपमा बुककीपिङ र अर्डर व्यवस्थापन गर्दा ई–कमर्श व्यवसायीलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ । तर टिगको इन्टिग्रेसन सुविधाले घण्टौं लाग्ने डेटा इन्ट्रीको काम अब केही मिनेटमै सकिनेछ ।

कुनै प्रविधिक झन्झटबिना, केही क्लिकमै अर्डर विवरण लिने, ग्राहक बनाउने र इनभ्वाइस तयार गर्न सकिने टिगले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसी बताउँछन् । ‘हामीले सयौं दराज विक्रेतासँग कुरा गर्दा म्यानुअल रीकन्सिलिएसन र इनभ्वाइसिङमा अल्झिएका देख्यौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको दराजका विक्रेताहरूको समय बचत गर्ने हो । यो इन्टिग्रेसन सुविधाले सहज र व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गराउने छ ।’

यो प्रणाली बारकोड स्क्यानरमैत्री भएकाले रिटेल अर्डरहरू पनि सजिलै प्रोसेस गर्न सकिनेछ । टिगले आगामी दिनमा रिटर्न म्यानेजमेन्ट, इन्भेन्टरी सिंक र भुक्तानी मिलान जस्ता थप सुविधाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । हाल यो एकीकरण सबै टिग प्रयोगकर्ताहरूका लागि उपलब्ध छ । नयाँ प्रयोगकर्ताले निःशुल्क ट्रायलको लागि टिगमा साइनअप गर्न सक्नेछन् ।

टिगको बारेमा :

टिग साना तथा मझौला व्यवसायका लागि डिजाइन गरिएको क्लाउडमा आधारित अकाउन्टिङ प्लेटफर्म हो । जसले व्यवसायीलाई समय बचत गर्न, लेखा प्रक्रिया सहज बनाउने र सूचनामा आधारित निर्णय गर्न सहयोग पु¥याउँछ ।

दराजको बारेमाः

दराज दक्षिण एसियाको अग्रणी अनलाइन मार्केटप्लेस हो, जसले हजारौं बिक्रेतालाई लाखौं ग्राहकसँग जोड्ने काम गर्छ । दराजले लजिस्टिक, भुक्तानी, मार्केटिङ आदिको एकीकृत समाधान प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.