नेपालमा डिजिटल सुरक्षाबारे सचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेलिब्रेटीले भरिएको एक कार्यक्रमको आयोजना गरेको छ । विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ता रहेको टिकटक आफ्ना प्रयोगकर्तालाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो ।

नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार फोकस हो । नेपालमा सँगै सुरक्षित अभियान यस प्लेटफर्मको लागि उक्त दिशामा अर्को सकारात्मक कदम हो । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटर सहितको प्यानल छलफल प्रस्तुत गरिएको छ ।

नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल–हाउस दर्शकलाई सम्बोधन गर्दै प्यानलका सदस्यले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षबारे छलफल गरेका छन् । यस अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिलाई सुझाव र दिशानिर्देश पनि दिइएको छ ।

प्रश्न–उत्तर सत्रको क्रममा दर्शकले क्रियटरसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरेका छन् । यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो । सँगै सुरक्षित पहलमार्फत् टिकटकले प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन–एप सुरक्षा सुविधाको फाइदा कसरी लिन सक्छन् भन्नेबारे जागरूकता सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रयोगकर्ताको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ । जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायबारे सबै टुल्स र सुझाव पनि समावेश गर्दछ ।

यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताका लागि तयार दिशानिर्देश नियमित रूपमा अद्यावधिक पनि गरिन्छ । टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशको बलियो सेट रहेको छ । सामुदायिक दिशानिर्देशन उल्लङ्घन गर्ने कुनैपनि सामग्री वा अन्य प्रयोगकर्ता विरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसर बाँकी राख्दैन ।

सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ । किनभने यस प्लेटफर्मले प्रयोगकर्ताको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ । यो अभियान प्रयोगकर्तालाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासको एक उदाहरण पनि हो ।

टिकटकको बारेमाः
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र आनन्द ल्याउनु हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरमा विश्वव्यापी कार्यालयहरू छन् ।

You might also like

Comments are closed.