मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनरमा ‘टिकटक’

काठमाडौं । मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनरको रुपमा टिकटक बन्ने घोषणा भएको छ । टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ ।

यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले नेपाली महिलाको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ ।

यस सहकार्यमार्फत टिकटकले यस वर्षका प्रतियोगीका सशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ । सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ । मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ ।

मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवद्र्धन गरिनेछ । स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथालाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्ने टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले बताए । “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौँ” उनले भने ।

मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरलाई पनि विशेष पहुँच दिइनेछ । उनीहरूले बिहाइन्ड–द–सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन्, जसले प्रतियोगीका कथालाई अझ व्यापक दर्शकसम्म पु¥याउनेछ र अभियानको पहुँचलाई बढाउनेछ । विशेषगरी हाम्रो प्लेटफर्म र टिकटक दुवैको केन्द्रमा रहेका युवापुस्तालाई मिस नेपालको अनुभव अझ नजिकबाट नियाल्न मद्दत गर्ने मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले बताए ।

प्रतियोगीको यात्रालाई दर्शकसम्म अझ नजिक ल्याउने र इन्टरेक्टिभ कन्टेन्ट तथा क्रिएटर–लेड प्रस्तुतिमार्फत व्यापक सहभागितालाई आमन्त्रित गर्नेछ । एक्सक्लुसिव भिडियोहरू आधिकारिक टिकटक अकाउन्टमा उत्पादन र प्रकाशित गरिनेछन् । जसले यस अभियानभर फ्यान र फलोअरका लागि टिकटक मुख्य डिजिटल डेस्टिनेसन बन्नेछ ।

You might also like

Comments are closed.