टाईम फर्मास्युटिकल्स बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा व्यवस्था भएबमोजिम नबिल इन्भेष्टमेण्ट बैंकिङलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

विभिन्न नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणहरुमा बुक बिल्डिङ्ग विधि मार्फत प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । विगत ३ दशकदेखि नवलपुरको गैंडाकोट नगरपालिका–४ मा केन्द्रीय कार्यालय तथा गैंडाकोट–१० मा कारखाना र ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी ३ सय बढी कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको एक प्रतिष्ठित WHO-GMP Certified उद्योगको रुपमा परिचित छ ।

यस कम्पनीबाट Sinex, Paraflam, Salif, Pulmarin, AZT, SITA-M, Clarith, Folvin, T-Zoline, Himox  जस्ता ब्राण्डहरु विभिन्न SQUARE Pharmaceuticals Plc. हरुमा करिब २ सय बढी गुणस्तरीय औंषधिहरु उत्पादन गरी देशभरी सेवा पुर्याईरहेको छ । “स्वास्थ्य नेपाल हाम्रो अभियान, गुणस्तरीय औषधि हाम्रो पहिचान” भन्ने मूल नाराबाट प्रेरित यस कम्पनी देश र जनताका लागि आवश्यक पर्ने अधिकांश औषधीहरुमा आत्मनिर्भर बन्न सहयोग पुरयाई राष्ट्रको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न ठुलो मद्दत पुगेको छ ।

साथै यस कम्पनीले व्यापारीक सञ्जाल विस्तार तथा प्रबिधि भित्राउन मित्रराष्ट्र बङ्लादेशस्थित SQUARE Pharmaceuticals Plc. र हङकङ्ग स्थित HK-VJM Limited संग व्यापारीक सहकार्य गरी औषधिहरु निर्यात गरिरहेको छ । आगामी दिनमा अन्य राष्ट्रमा पनि निकासी गर्ने योजना रहेको छ ।

शुक्रवार भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धि सम्झौतामा टाईम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशनलाल श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.