काठमाडौं । ‘कमाइको राजा’ भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
नेपाली व्यवसायीबीच टिएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काटेर उल्लासपूर्वक मनाइएको छ । यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लु वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत व्यक्ति सहभागी थिए ।
टिएमवान आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेका लागि पहिलो रोजाइको सवारी बनेको छ । चाहे ताजा तरकारी बजारमा पु¥याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टिएमवानको भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।
व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनौट गर्न सहज बनाउने गरी टिएमवान दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ । विश्वकै नम्बर १ सिएटिएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनईडिसी रेन्ज प्रदान गर्ने हुनाले यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ ।
एमएडब्लु वृद्धिको भरपर्दो सर्भिसका कारण टिएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ । नेपालभरी साना तथा मध्यम व्यवसायलाई सशक्त बनाउँदै अघि बढिरहेको टिएमवानका लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाको केवल सुरुवात हो ।
एमएडब्लु वृद्धि कमर्सियलको बारेमा :
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालि नेपालका व्यावसायिक सवारी साधनको क्षेत्रमा एक प्रमुख संस्था हो । भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ । नेपालका लागि फोटोन ब्राण्डका व्यावसायिक सवारीको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ प्रस्तुत गर्दै आएको छ ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रीत रही एमएडब्लु वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पु¥याउन प्रतिबद्ध छ ।
Comments are closed.