काठमाडौं टोस्टमास्टर्स क्लबले मनायो ३४औं वार्षिकोत्सव

काठमाडौं । नेपालको पहिलो टोस्टमास्टर्स क्लब काठमाडौं टोस्टमास्टर्स क्लबले ३४औं वार्षिकोत्सव मनाएको छ । ठमेलस्थित फेयरफिल्ड म्यारियट होटलमा वार्षिकोत्सव समारोह भएको हो ।

कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्नात्मक लगायतका गतिविधि सञ्चालन भएका छन् । ‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ थिममा सञ्चालन भएको हो । वार्षिकोत्सवमा मिस नेपाल अर्थ २०२४ सुमना केसीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् ।

फिचर्ड वक्ताको रूपमा विशिष्ट टोस्टमास्टर रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठ, पूर्व अध्यक्षहरू तथा पदाधिकारी, उद्यमी, प्रोफेसनल लगायत सहभागी रहेका थिए । वार्षिकोत्सव समारोहलाई स्प्ल्यासनोड, द निम्तो, डेनारा लगायतले प्रायोजन गरेको हो ।

सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । दक्षिण एशियामै पुरानो टोस्टमास्टर्सको रूपमा समेत काठमाडौंलाई लिइन्छ । टोस्टमास्टर्स अमेरिकाबाट सुरू भएको गैरनाफामुलक संस्था हो ।

हाल विश्वका १५० देशमा फैलिएको छ । विश्वभर १४ हजार बढी टोस्टमास्टर्स क्लबहरू छन् । नेपालमा मात्रै ६० बढी क्लबहरू रहेका छन् । विशेष गरी सहयोगी र सकारात्मक वातावरणमा नेतृत्व कला तथा वतृत्वकला सिक्ने सिकाउने थलोको रूपमा टोस्टमास्टर्स प्रख्यात छ ।

You might also like

Comments are closed.