बाटोबाटै गायब टोप बहादुर, फरार हुँदा झन शंका !

काठमाडौं – प्रहरीले काठमाडौंमा पक्राउ पुर्जी जारी गर्दा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझी गृह जिल्ला अर्घाखाँचीको छत्रदेवमा आयोजित एक कार्यक्रममा सहभागी थिए । भुसको आगोसरी फैलिएको उनको पक्राउ पुर्जीको विषयमा उनले अर्घाखाँचीबाटै भने, ‘उस विषयमा प्रहरीले केही भनेको छैन, मलाई केही थाहा छैन ।’

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले रायमाझी सहित उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी गर्दा उनलाई अर्घाखाँची प्रहरीले उतै समात्न सक्ने अनुमान थियो । काठमाडौं फर्कदैं गरेको र प्रहरीलाई सहयोग गर्छु भनेका उनले बाटोबाटै भने, ‘प्रहरीले छानविन गरोस्, म तयार छु ।’

धेरैले अनुमान गरेका थिए, उनी प्रहरीकोमा आत्मसमर्पण गर्नेछन् । बिहीवार दिउँसो तिर उनी भैरहवामा पक्राउमा परेका हल्ला आए तर त्यसमा सत्यता थिएन । खासमा उजका छोरा पक्राउ परेर काठमाडौं चलान भएका थिए । तर नेता रायमाझी प्रहरीको खबरमा फरार देखिए । प्रहरी स्रोतका अनुसार उनी सम्पर्कमा नआएर उनी फरार भएका छन् ।

प्रहरीका अनुसार उनको फोन स्वीच अफ छ । उनले बुधवारकै लागि काठमाडौं– भैरहवाको टिकट लिएको बुझिएको छ तर उनी न त प्रहरी सम्पर्कमा गए न त काठमाडौ नै फर्किए । उता रायमाझी फरार भए भन्दै गर्दा यता एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई षणयन्त्र भन्दै आएका छन् । उनले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका थिए ।

नक्कली शरणार्थी प्रकरणका विषयमा उनको संलग्नताको विषय अगाडि नै आएको भएपनि उनले यसलाई चिनजानका आधारमा सामान्य सहयोग भनेर टार्दै आएका थिए । नेता रायमाझीलाई दोषी देखाएको विषयमा एमालेले संसदमै विरोध समेत गरेको थियो । प्रहरी भने रायमाझी आफैले दिएको क्लू र अन्य अनुसन्धानबाट दोेषी नै भएको निश्कर्षको नजिक पुगेको बुझिएको छ ।

रायमाझी आफै पनि प्रहरीबाट टाढिँदा उनी संभावित अनुसन्धानबाट शसंकित र पार्टीका शिर्षस्त नेताको संरक्षणमा फरार भएको अनुमान छ ।

 

You might also like

Comments are closed.