खाण समातिए पछि त्रसिएका टोप बहादुरको संसदलाई पत्र, ‘बिरामी परें’

काठमाडौं । पार्टीले निलम्बन गरेसँगै त्रसिएका नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमझी आफू बिरामी भएको पत्र लेखेका छन् ।

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै त्यही काण्डमा मुछिएका एमालेका सांसद समेत रहेका रायमाझीले संसद सचिवालयलाई आफू उपचारमा रहको पत्र लेखेका हुन् ।

उनले पत्रमा आफू बिरामी भएको उल्लेख गरेका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको लिखित पत्र प्राप्त भएको जानकारी दिए । उनले आफू बिरामी भएको जनाए पनि के भएको र कहाँ उपचार गराइरहेको भनी उल्लेख गरेका छैनन् ।

गत साताको बुधबार नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई पक्राउ पुर्जी जारी भएपछि सोही दिनदेखि उनी फरार छन् । उनलाई पार्टीले संरक्षण गरेको अरोप लाग्दै आएको छ तर पार्टीले कारबाही गरेसँगै उनी अब आत्मसपर्ण गर्ने संकेत गरेका छन् ।

You might also like

Comments are closed.