शरणार्थी काण्डमा दोषीलाई कानुनी दायरामा ल्याउन सांसद कार्कीको माग

काठमाडौं । सांसद तोसिमा कार्कीले शरणार्थी काण्डका बारेमा संसदमा बोलेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले भूटानी शरणार्थीका नाममा ठगी गर्नेका बारेमा यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी हुन् ।

शरणार्थी काण्डमा ठूला नेताको हात रहेको खुल्न आएको, पक्राउ पुर्जी जारी भएका सांसद भागेको तथा सबै सांसदले सम्पत्ति विवरण बुझाएकाले वेबसाइटबाट सार्वजनिक गर्न उनले माग गरेकी हुन् ।

You might also like

Comments are closed.