काठमाडौं । बुटवल र भैरहवामा Total Energies को फ्रि सर्भिस क्याम्प सकिएको छ । Total Energies लुब्रिकेन्सको नेपालका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले बुटवल र भैरहवामा फ्रि सर्भिस क्याम्प आयोजना गरेको हो ।
चारपाङ्ग्रे सवारीका लागि बुटवलको इड्भान्स अटो केयरमा गत असार १२ र १३ गते आयोजना भएको शिविरमा ७० बढी गाडीले सेवा लिएका हुन् । दुईपाङ्ग्रे सवारीका लागि भैरहवाको धमेन्द्र मोटरसाइकल स्पेयर्स पार्ट्समा असार १९ र २० गते भएको सर्भिस क्याम्पमा ५० बढी मोटरसाइकलले सहभागी भएर सेवा लिएको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्पमा सहभागी सवारी साधनलाई निःशुल्क सर्भिसिङ, इञ्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरिएको छ । ग्राहक र मेकानिकलाई Total Energies का Quartz, Rubia, Hi-Perf उत्पादनको जानकारी दिइएको छ । जसले इञ्जिनको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ ।
कार्यक्रममा सहभागी ग्राहक र मेकानिकलाई गिफ्ट आइटमहरू वितरण गरिएको छ । यस किसिमका सेवामूलक कार्यक्रममा टोटल इनेर्जिस्ले स्थानीय बजारमा ब्राण्ड उपस्थितिलाई थप सुदृढ बनाएको छ ।
लक्ष्मी ल्युब आयलले सफल आयोजनामा साथ दिने सबै पार्टनर वर्कशपहरू र सहभागीलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments are closed.