गण्डकी प्रदेशका बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो ।

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

jutta mela

“स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ”, उनले भने, “पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।”

रु पाँच÷पाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया-दुरलेकको मेला जाने पदमार्ग र रु सात लाख विनियोजन भएको रघुगङ्गा-३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा-सुवा पदमार्ग र अन्धगल्छी-रुप्से छहरा-भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ ।

रघुगङ्गा गाउँपालिका-४ को भूमेथान चौतारी निर्माणमा रु दुई लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि रु १५ लाख, गैराबारी-ढुङ्गेटा खेतदेउने पदमार्गका लागि रु पाँच लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा रु १५ लाख विनियोजन गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि रु १५ लाख, इग्रे-लामखोरिया पदमार्गका लागि रु १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि रु पाँच लाख, धवलागिरिको लुलाङ्ग-सागबारी पदमार्गका लागि रु १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि रु १० लाख बजेट आएको छ ।

मंगला गाउँपालिकाको साउनेपानी हुँदै डाँडा र सिरकुम-तीनचुले पदमार्गका लागि रु १०/१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.