काठमाडौं । दिपावलीको अवसर पारेर टोयोटाले लोकप्रिय एसयूभीको नयाँ भर्सन अर्बन क्रूजर हाइराइडर एरो एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ ।
यो सीमित संस्करणको स्टाइलिङ प्याकेज हो । जसले गाडीको प्रतिष्ठा र आकर्षणलाई अझ बढाएको छ । कम्पनीका अनुसार एरो एडिसन विशेष रूपमा लग्जरी, कम्फर्ट र आधुनिकताको संयोजन खोज्ने ग्राहकका लागि तयार गरिएको छ ।
नयाँ अर्बन क्रूजर हाइराइडर एरो एडिसनको फ्रन्टमा स्पोइलर, रियर स्पोइलर र साइड स्कर्टजस्ता नयाँ एलिमेन्ट थपिएको छ । फ्रन्ट स्पोइलरले गाडीलाई अझ आकर्षक लुक प्रदान गरेको छ भने रियर स्पोइलरले स्पोर्टी लुक प्रदान गरेको छ । साथै साइड स्कर्टको फ्लोइङ लाइन्सले गाडीको प्रिमियम लुक प्रदान गरेको छ ।
एरो एडिसन ह्वाइट, सिल्भर, ब्ल्याक र रेड गरी चार आकर्षक रङमा उपलब्ध छ । यसको एक्सक्लुसिभ स्टाइलिङ प्याकेज एक्सेसरीज ३१ हजार ९९९ भारुमा उपलब्ध गराएको छ । सो एसयूभी टोयोटा सबै डिलरशिपबाट खरिद गर्न सकिन्छ ।
अर्बन क्रूजर हाइराइडरको मूल्य १० लाख ९४ हजार भारुबाट सुरु हुने बताइएको छ । सन् २०२२ मा बजारमा प्रवेश गरेदेखि सो मोडलले भारतीय एसयूभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ र हालसम्म १ लाख ६८ हजार युनिट बिक्रीको कीर्तिमान बनाइसकेको छ ।
टोयोटाले यो विशेष संस्करणमार्फत आफ्ना ग्राहकलाई आधुनिक प्रविधि, बोल्ड डिजाइन र प्रिमियम अनुभवको संयोजन प्रदान गर्ने उद्देश्य राखेको छ । एरो एडिसनले हाइराइडरलाई अझ आकर्षक र विशेष बनाउँदै बजारमा यसको उपस्थिति थप मजबुत बनाएको छ ।
Comments are closed.