पोखराकै सबैभन्दा ठुलो ट्रान्क्युलिटी स्पा सञ्चालनमा

पोखरा । नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ ।

ट्रान्क्युलिटीले पोखरामा एक दशक अघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइड स्थित १४ नम्बर स्ट्रिटमा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो । स्पा सरोवरमा ७ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको सञ्चालक रनिल फैजुले बताए ।

सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापीसहित अन्य प्याकेजमा सुविधा लिन सक्नेछन् ।गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए । ‘हामीले सेवालाई थप आधुनिक र परिस्कृत गर्दै लैजानेछौं’ उनले भने ।

राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुईवटा शाखा मलेसियामा समेत छ । ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।

स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुँदा यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग पुग्ने सञ्चालक फैजुले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।

यसबाहेक ब्यूटी र स्पासम्बन्धी विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन् ।

You might also like

Comments are closed.