‘ज्येष्ठ नागरिकको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान’

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उनीहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताए ।

जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

jutta mela

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवासुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संर्वधनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गरेको छन् ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रर्वधन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.