ट्रम्पद्वारा सन् २०२४ मा पुनः निर्वाचन लड्नसक्ने भनाइसहितको भिडियो सार्वजनिक

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार बर्ष भयो, हामीले अर्को चार बर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार बर्षपछि भेट्नेछु ।”

कैयौँ रिपब्लिकन पार्टीका महत्वपूर्ण ओहदामा बसेका वर्तमान् तथा विगतका अधिकारीहरूसमेत सहभागी उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भएपनि कार्यक्रमको भिडियो तत्कालै सार्वजनिक भएको थियो ।

नोभेम्बर ४ को चुनावको झन्डै एक महिना पछि ७४ वर्षीय ट्रम्पले अझै पनि आफू निर्वाचनमा हारेको कुरा स्वीकार्न अस्वीकार गरेका छन् । उनले अगामी दिनको प्रशासन निर्माणमा व्यस्त राष्ट्रपति निर्वाचित डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई जो बाइडेनलाई स्वीकार गरिसकेका छैनन् ।

ह्वाइट हाउसमा बदली भएका ट्रम्पले आफ्नो सार्वजनिक उपस्थितिलाई न्यून बनाउन थालेकाछन् तर उनकै शब्दमा निर्वाचनमा ‘धाँधली र ठगी’को बारेमा आवेगात्मक ट्वीट भने लेखिरहेका छन् । यद्यपि उनका आफ्नै वकीलले भने निर्वाचनमा भएका धाँधलीका बारेमा ट्रम्पको विचारभन्दा भिन्न धारणा राखेका छन् ।

उनले भने, “आजसम्म हामीले त्यस्तो नक्कली मापदण्ड देखेका छैनौं जसले चुनावमा फरक नतिजा ल्याउन सक्छ,” राष्ट्रपतिका कानुनी सल्लाहाकार बिल बारले मंगलबार एसोसिएटेड प्रेस (एपी)सँग भने । बारको कथनलाई सबैभन्दा शक्तिशाली मान्न सकिन्छ किनकि उनि ट्रम्पको निकट सहयोगी हो ।

जिज्ञासाजनक राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राष्ट्रपति निर्वाचित वाइडेनभने आफ्नो मन्त्रिपरिषद्का उम्मेदवार र नियुक्तिमा व्यस्त छन् ।

राष्ट्रपति ट्रम्पले षडयन्त्रका सिद्धान्तहरूबारे चर्चा गर्दै आफूले सहजै सत्ता हस्तान्तरण नगर्ने चर्चा गरेपछि अमेरिकी नागरिकमा एक प्रकारको अन्यौलको स्थिति देखिएको बताउने गरिएको छ । सुरुका दिनमा जस्तो ट्रम्पले सत्ता सहजै हस्तान्तरण नगर्ने कुरालाई पटक पटक नदोहोराए पनि निर्वाचन परिणामप्रति आफू सन्तुष्ट नरहेको धारणा भने यदाकदा सुन्न पाइन्छ ।

एनबीसी न्यूजका अनुसार ट्रम्पले आफ्नो २०२४ को निर्वाचन अभियानलाई वाइडेनले सत्ता सम्हालेकै दिन जनवरी २० देखि नै सुरू गर्ने सम्भावनाबारे निकटस्तहरूसँग छलफल गरेका छन् । ट्रम्प र उनको दलले बाइडेनको उद्घाटन समारोहमा भाग लिन नचाहेको कतिपय सञ्चारमाध्यमले लेख्दै पनि आएका छन् ।

मेनहटनका जग्गा व्यवसायीबाट राष्ट्रपतिसम्म पुग्न सफल भाग्यमा बढी विश्वास गर्ने ट्रम्पले आफूले पहिलो कार्यकालको पद तथा गोपनियताको सपथ खाएसँगै दोस्रो कार्यकाल सन् २०२० को निर्वाचनका लागि कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.