तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त रुपमा नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि स्याङ्जा जिल्लाका जिल्ला न्यायधिश सूर्यबहादुर थापाले आगमि दिनमा देशमा शान्ति, सुरक्षा र सु–व्यवस्था कायम रहने विश्वास गरे । मानवमाथि प्रकृतिले नै निरिह बनाएको अहिलेको समयमा आफ्नो जीवन रक्षार्थ नीतिनियम भित्र रहेर संयमतापूर्वक आफ्ना गतिविधि सञ्चालन गर्नु नै सबैको मुख्य दायित्व भएको बताए ।

यसैगरी अतिथि पूर्व राष्ट्रिय सभासद बिन्दा देवी रानाले अहिले राज्यले राज्यलाई बलियो बनाउन भन्दा पनि राज्य चलाउने व्यक्ति आफू केन्द्रित शक्ति र स्वार्थमा लाग्नु दुःखद् रहेको भन्दै सर्वाधिक मत दिएर पठाएका नेतृत्वबाट नै जुन अपेक्षा जनताले गरेका थिए, सोही अनुसारको काम नहुनु भनेको देशको प्रजातान्त्रिक व्यवस्था नै सिध्याउने षडयन्त्रको खेल भएको बताइन् ।

jutta mela

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीले समाजका सदस्यहरुको सामाजिक गतिविधिसँगै आफ्ना आर्थिक क्रियाकलापलाई चलायमान र व्यवसायिक क्षमतालाई सहयोग पु¥याउने उद्देश्य अनुरुप सहकारी मार्फत वित्तिय कारोबार गर्दै समाज र सहकारी सँगै अगाडि बढ्ने भनाई व्यक्त गरे ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, निर्देशक, डा. अर्जुन आचार्य, गण्डकी विश्वविद्यालयका संयोजक प्रा.डा. ध्रुव बहादुर अधिकारी, समाजका पूर्व अध्यक्षहरु शिवराज पौडेल, मुरलीमोहन काफ्लेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष भरत केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष हरिप्रसाद खनालले राखेका थिए भने सञ्चालन महासचिव यामबहादुर सुर्खालीले गरेका थिए ।

 

You might also like

Comments are closed.