टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’

काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पांग्रे्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

यसै अवसरमा ८ स्थानीय ब्लगर÷ ईन्फ्लुएन्सर÷ सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

टिभिएस रोनिन, नयाँ–युगका राइडरबाट प्रेरित जीवनशैलीको बयान हो । टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ cc को यस मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ PS पावर उत्पादन गर्नुको साथै १९.९३ Nm टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभिएस रोनिनले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रो संग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।

लन्चको बारे बोल्दै प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, “टिभिएस रोनिन ३अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरुका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निक्कै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टिभिएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो । “

त्यस्तै गरि लन्चको बारेमा टिप्पणी गर्दै, पीटी टिभिएस मोटर कम्पनीका अध्यक्ष निर्देशक, जे थङ्गराजनले भने, “नयाँ टिभिएस रोनिनको लन्च नेपालमा टिभिएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा हामीले बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं । यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ । “

टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भने, “टिभिएस रोनिन एउटा मोटरसाइकल मात्र नभई एक जीवनशैली हो । हामीलाई विश्वास छ कि यसलेको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्नेछ। टिभिएस रोनिनको यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।“

टिभीएस रोनिन नेपाली बजारमा त्म् संस्करण (ट्रिपल टोन डुअल च्यानल ब्द्यक्) मा उपलब्ध हुनेछ । पुषदेखि देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४, लाख ४९ हजार ९ सय मा उपलब्ध हुनेछ ।

lcci
You might also like

Comments are closed.