काठमाडौं । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको शुभारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो व्यवसायिक विस्तारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने बताए । जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक रामबालक महत्तोले विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्रीपछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ । यसले ग्राहकलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।
Comments are closed.