बालकुमारीमा खुल्यो टीभीएसको नयाँ शोरूम

ललितपुर । ग्लोबल मोटर्सले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यतिमात्र नभई टीभीएस सवारी साधनको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भारसहित व्यापक सेवाहरू प्रदान गर्नेछ । बालकुमारीमा टीभीएस उत्साहीलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाएका छन् ।

“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ, यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ” जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएसका दुईपाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

You might also like

Comments are closed.