पोखराको रंगशालामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने

पोखरा । पोखरामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखराको रंगशालामा मेला आयोजना गर्न लागेको हो ।

यही जेठ १० गतेबाट १६ गतेसम्म मेला सञ्चालन हुने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । मेलामा कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर टिभिएसको नयाँ स्कुटर वा मोटरसाइकल चढ्न सकिने पोखरेलले बताए ।

मेलामा सहभागीहरुले विशेष छुटमा टिभिएस खरिदको अवसर पाउनेछन् । पुरानो मोटरसाइकल वा स्कुटरको मूल्यमा समेत अतिरिक्त १० हजार रुपैयाँ मूल्यांकन हुने बताइएको छ । वा त्यसको विकल्पमा ९ हजार रुपैयाँ नगद छुट तथा शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत लिन सकिनेछ ।

jutta mela

‘मेलामा सहभागी भएर धेरै ग्राहकले लाभ लिनेमा हामी विश्वस्त छौं,’ पोखरेलले भने । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

You might also like

Comments are closed.