युनी राइड अटोका प्रबन्ध निर्देशक एसियन प्रोफेसनल अवार्डबाट सम्मानित

काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत युनी राइड अटो टीभीएसका प्रबन्ध निर्देशक निर्मल सिग्देल सम्मानित भएका छन् । उनी प्रोमिनेन्ट अटोमोबाइल इन्टरप्रेनयर अवार्डबाट सम्मानित भएका हुन् ।

दुवईको राजधानी युुएईको याक एण्ड यती एभरेष्ट क्लव , अस्टोरिया होटल बारमा बिहीबार भएको एक कार्यक्रममा सिग्देल एसियन प्रोफेसनल अवार्डबाट सम्मानित भएका हुन् ।

अटोमोबाइल क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सिग्देललाई एसियन प्रोफेसनल अवार्डबाट सम्मानित गरिएको हो ।

jutta mela

कार्यक्रममा युपिएफ एसिया पेसिफिकका को चियर डा. रोवर्ट एस किटल, युएईका एनआरएनए प्रेसिडेन्ट ठाकुरप्रसाद ढङु्गाना, नेपालका पुर्वमन्त्री एकनाथ ढकाल लगायत उपस्थित थिए ।

 

 

You might also like

Comments are closed.