टीभीएसको मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास ब्याक’

कैलाली । डोटीका एक युवकले धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स (टीभीएस) शोरुमबाट मोटरसाइकल खरिद गर्दा फुल क्यास ब्याक पाएका छन् ।

डोटीको केआईसिंह गाउँपालिका- ७ का जितबहादुर महतले टीभीएस कम्पनीको अपाची आरटीआर १६० सीसी मोटरसाइकल खरिद गर्दा ‘लक्की ड्र’ मा मोटरसाइकलको कूल रकम रु ३ लाख ३ हजार ९ सय फुल क्यास ब्याक पाएका हुन् ।

कम्पनीले चाडपर्वको अवसरमा ल्याएको ुकायापलट योजनाु अन्तर्गत महतले खरिद गरेको मोटरसाइकल लक्की ड्रमा पर्न सफल भएको बागेश्वरी अटोमोटिभ्सका संचालक प्रेम साउँदले जानकारी दिए ।

बिहीबार एक कार्यक्रमकाबीच शोरुमले विजेता महतलाई फुल क्यास ब्याक पाएकोमा खरिद रकम बराबरको चेक हस्तान्तरण गरेको छ । हरेक वर्ष धनगढीबाट टीभीएसको ग्राहलाई कुनै न कुनै उपहार पर्दै आएको संचालक साउँदले जानकारी दिए।

You might also like

Comments are closed.