काठमाडौं । टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे मनाएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्सको आयोजनामा विहिवार एक कार्यक्रमका बीच सेलिब्रेशन डे मनाइएको हो ।
एक लाख सेलिब्रेशन डे कार्यक्रमको अवसरमा टीभीएस अपाचेले ललितपुरको युएनपार्कमा फागुन २३ देखि २६ गते सम्म रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गरेको छ । सहभागीले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारपनि प्राप्त गर्न सक्ने बताइएको छ । राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा लिइएको छ ।
इनफ्लुएन्सर, भ्लगर र अपाचेप्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ । हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तुत गर्नेछन् ।
आफ्नो पूरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्न चाहनेले लाभ लिन कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ । ग्राहकले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै ३१ लाखसम्म बचत गर्ने अवसर प्रदान गर्नेछ ।
एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्याङ्कन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । यस कार्यक्रमको अवसरमा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एक्सेसरीजको व्यवस्था पनि रहेको छ ।
Comments are closed.