टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई र टिभीएस रेडर आईजिओ सार्वजनिक

काठमाडौं । दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता टिभीएस मोटर कम्पनीले दुई नयाँ उत्पादन आज शुभारम्भ गरेको छ ।

एक कार्यक्रमकाबीच कम्पनीले टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई र टिभीएस रेडर आईजिओ शुभारम्भ गरेको हो । यी दुवै नयाँ मोडलहरु अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृङ्खलालाई थप मजबुत र व्यापक बनाउनेछ ।

प्रसिद्ध अपाचे सिरिसको भाग टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई बलियो रेसिङ्ग परम्परासहित डिजाइन गरिएको छ । यसले रोचक र रोमाञ्चक सवारी अनुभव दिने लक्ष्य राख्छ । यो मोटरसाइकलले गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ । यसमा डुअल डिस्क ब्रेक, सिंगल च्यानल, एबिएस, कनेक्टेड डिजिटल क्लस्टर, एएच एलईडि हेडलाइट र तीन राइड मोड जस्ता सुविधाहरु समावेश छन् ।

रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकलप्रेमी यसका लक्षित ग्राहक हुन् । विश्वव्यापी रुपमा टिभीएस अपाचे ६५ लाख भन्दा बढी ग्राहकको पहिलो रोजाइ बनेको छ । नेपालका युवा तथा प्रविधिप्रेमी राइडरलाई लक्षित गर्दै टिभीएस रेडर आईजिओ प्रस्तुत गरिएको छ ।

लोकप्रिय घरेलु संस्करणको प्लेटफर्ममा आधारित यो मोटरसाइकल टिईटि डिजिटल क्लस्टर, आईजिओ स्टार्ट स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता बिशेषताहरु समावेश छन् । यसले कम्प्युटर सेग्मेन्टलाई नयाँ परिभाषा दिदै जेन जेड राइडरका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ । टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई तीन रङमा उपलब्ध हुनेछ ।

शुभारम्भको अवसरमा टिभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका बरिष्ठ उपाध्यक्ष राहुल नायकले नेपालका ग्राहकले शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिने बताए । उनका अनुसार आज सार्वजनिक भएका दुवै मोडल टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई र टिभीएस रेडर आईजिओ अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्धितीय सवारी अनुभवसहित प्रस्तुत छन् ।

मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा यी नयाँ मोटरसाइकल आ–आफ्ना सेग्मेन्टमा छिट्टै नै ग्राहकको पहिलो रोजाइ बन्ने विश्वास रहेको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक अखिल गुप्ताले नेपालमा टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई र टिभीएस रेडर आईजिओको साथ नयाँ र उत्साहजनक अध्याय सुरु गरेको बताए ।

You might also like

Comments are closed.