लुम्बिनीको मन्त्रालयहरू सार्ने काम तत्काल रोक्न एमालेको ध्यानाकर्षण 

काठमाडौं । लुुम्बिनी प्रदेशको अस्थायी मुकारम राजधानी बुटबलबाट हतारमा सार्ने प्रदेश सरकारको निणर्य र सक्रियताप्रति नेकपा एमाले रुपन्देहीले ध्यानाकर्षण  गराएकाे छ ।

एमाले रुपन्देहीले आइतबार सूचना जारी गर्दै लुम्बिनी प्रदेशको अस्थायी सदरमुकाम बुटवलबाट हतारमा मन्त्रालयहरू सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको हो ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरू सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसद्को अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गरेका हुन् ।

jutta mela

त्यस्तै , विज्ञप्तिमा प्रदेश सरकारले तोकेको भौतिक पूर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यस तर्फ ध्यान केन्द्रीत गर्न अपिल समेत गरेको छ ।

You might also like

Comments are closed.