युनि राइड एण्ड रेस अटो टीभीएस फुट्सल प्रतियोगिता शुरु

काठमाडौं ।  युनि राइड एण्ड रेस अटो टिभिएस प्रा.लि.ले आयोजना गरेको पहिलो युनि राइड एण्ड रेस अटो टीभीएस फुट्सल प्रतियोगिता आजबाट शुरु भएको छ ।

आजबाट सुरु  भएको फुट्सल प्रतियोगिता १४ गते मंगलबारसम्म चल्ने युनि राइड एण्ड अटोका संचालक निर्मल सिग्देलले बताएका छन् ।आजबाट सुरु भएको प्रतियोगितामा एसएसपी जाउलाखेल यागा विनोद पोखरले र जगदम्बा मोर्टस प्रा.लि.का सिइओ दीपक अग्रवालले सयुक्तरुपमा रेफ्रिलाई बल हस्तारन्तरण गरी कार्यक्रमको उद्घाटन गरेका छन् ।

सानेपामा शुरु भएको प्रतियोगितामा इन्टर कलेज र कर्पोरेट गरी २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगदसहित ट्रफी मेडल, द्वितीय हुनेलाई २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विजेताले विभिन्न संस्थाहरुबाट पुरस्कार तथा छात्रवृत्ति पाउने युनि राइड एण्ड रेस अटोका संचालक  सिग्देलले बताए ।

साथै utkrista gk, utkrista defence, utkrista game changer, utkrista striker मा उच्च अंक ल्याउनेलाई ट्रफी र प्रमाणपत्र दिइनेछ ।

प्रतियोगिताको आयोजकमा uni ride, race auto, Burger house and crunchy fried chicken, Unicampus, Hikvision maxima, Rc cola, Ldyllic, Sympotech, Chauresitar/mamaghar café and yoho tv, action Sports रहेका छन् ।

युनि राइटले संस्थाको स्थापनाकालदेखि नै कार्यक्रम तथा संस्थाको विधान अन्तर्गत महिला, बालबालिका तथा युवाहरुलाई लक्षित गरि बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

You might also like

Comments are closed.